|
२०८३ असार ४
काठमाडौँ । नेपाली चिया भारततर्फ निर्यात हुन नसकेपछि पूर्वी नेपालका चिया उद्योगहरू क्रमशः बन्द हुन थालेका छन्। इलामका दर्जनौँ उद्योग बन्द भइसकेपछि बिहीबारदेखि झापाका ३० भन्दा बढी चिया उद्योग र धेरै चिया बगानले पनि कामकाज रोकेका छन्।
उद्योगीहरूका अनुसार उत्पादित चिया बिक्री हुन नसक्दा गोदाम भरिएका छन् र आर्थिक दबाब बढ्दै गएको छ। यसले मजदुर, कर्मचारी तथा किसानको आयआर्जनमा समेत प्रत्यक्ष असर परेको छ।
नेपाल चिया उत्पादक संघले निर्यातमा देखिएको समस्या समाधानका लागि सरकारी पहल पर्याप्त नभएको जनाएको छ। उता सरकारले भने भारतसँग कूटनीतिक संवादमार्फत समस्या समाधानको प्रयास भइरहेको बताएको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्