रसुवागढी जलविद्युत् मर्मतपश्चात् आंशिक रूपमा सञ्चालनमा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष १९

गत असार २४ को ल्हेन्देखोला बाढीले क्षतिग्रस्त भएको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् केन्द्र मर्मतपश्चात् आंशिक रूपमा सञ्चालनमा आएको छ।

जलविद्युत् केन्द्रका तीन टर्बाइनमध्ये हाल दुई टर्बाइन र मुहान, ड्याम तथा नहर मर्मत भइसकेका छन्। यसरी हाल ६८ मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारणमा जोडिएको छ।

सत्यराम ज्याख्व, कार्यकारी निर्देशक,का अनुसार गत मङ्सिरमा ३७ मेगावाट र हालै ३१ मेगावाट विद्युत् उत्पादन भएको छ। बाँकी ४३ मेगावाट क्षमता आगामी जेठ–असार महिनाबाट उत्पादन हुने जनाइएको छ।जलविद्युत् केन्द्रले सुक्खा समयमा पानीको प्रवाह घट्ने भएकाले उत्पादन पनि घट्ने जानकारी दिएको छ। बाढीले पु¥याएको क्षति नाप्न कम्पनीले तीन अर्ब ५१ करोड रुपैयाँ घाटा व्यहोरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *