|
२०८३ असार २३
गोरखा, असार २३ । गोरखाको पर्यटकीय गाउँ बारपाकमा यतिबेला कोदो रोपाइँको चहलपहल बढेको छ। किसानहरू परम्परागत अर्मपर्मको संस्कृतिलाई निरन्तरता दिँदै गीत गाउँदै र नाच्दै सामूहिक रूपमा कोदो रोप्न व्यस्त छन्।
उच्च पहाडी भूगोलका कारण धान खेती नहुने बारपाकमा कोदो, मकै, गहुँ, जौ र आलु मुख्य बालीका रूपमा उत्पादन गरिन्छ। स्थानीयका अनुसार वर्षौंदेखि चलिआएको बाली चक्र र सामूहिक श्रमको परम्परा अहिले पनि कायम छ।
कोदो रोपाइँसँगै गाउँभरि लोकगीत गुञ्जिने र उत्सवजस्तै वातावरण बन्ने गरेको स्थानीय जनप्रतिनिधिहरू बताउँछन्। बारपाकमा उत्पादन हुने कोदो ढिँडो, रोटी, जाँड तथा अन्य स्थानीय परिकार बनाउन प्रयोग गरिन्छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्