|
२०८३ असार २
म्याग्दी, असार २ — पर्वतको जलजला गाउँपालिका–८ लुप्राङमा गरिएको अङ्गुरखेतीको परीक्षण सफल भएको छ। स्थानीय कृषक ताराकुमारी रेग्मीले चार वर्षअघि रोपेका अङ्गुरका बोटबाट व्यावसायिक उत्पादन लिन थालेकी छन्।
गत वर्ष अङ्गुर बिक्रीबाट राम्रो आम्दानी गरेकी रेग्मीले यस वर्ष उत्पादन अझ बढ्ने अपेक्षा राखेकी छन्। अङ्गुरसँगै सुन्तला, कागती, टमाटर र सिमी खेती तथा बाख्रापालनबाट पनि उनले उल्लेखनीय आम्दानी गर्दै आएकी छन्।
उनको सफलतापछि लुप्राङका अन्य किसानहरू पनि परम्परागत बाली छाडेर फलफूल खेतीतर्फ आकर्षित भएका छन्। यद्यपि सडकको कमजोर अवस्था र बाँदरको समस्या किसानका मुख्य चुनौती बनेका छन्।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्