थासाङमा बन्यो नयाँ चक्रपथ, गाउँ–गाउँमा सडक पहुँच विस्तार

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ६

मुस्ताङ, असार ६ — थासाङ गाउँपालिकामा निर्माण गरिएको चक्रपथ सडक सम्पन्न भएको छ। यससँगै कालीगण्डकी नदीपारिका चार वडाका स्थानीयलाई आवतजावतमा सहज हुने भएको छ।

‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक महत्वको सडक’ योजना अन्तर्गत निर्माण गरिएको करिब १० किलोमिटर सडक कालोपत्र गरिएको हो। सडक निर्माणमा ३८ करोड ८८ लाख रुपैयाँ लागत लागेको जनाइएको छ।

थासाङका विभिन्न गाउँ जोड्ने यो सडकले स्थानीय यातायात, पर्यटन र आर्थिक गतिविधिमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *