|
२०८२ आश्विन १३
काठमाडौं । आज बडादशैंको सातौं दिन, आश्विन शुक्ल सप्तमीका अवसरमा घरघरमा फूलपाती भित्र्याइँदैछ । नवदुर्गाको प्रतीक नवपत्रिका— उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोक र मानवृक्ष— पूजा कोठामा विधिपूर्वक भित्र्याइन्छ ।
काठमाडौंको हनुमानढोका दरबारमा गोरखाबाट विशेष रूपमा फूलपाती ल्याइने परम्परा अनुसार, आज अपराह्न सांस्कृतिक लावालस्करसहित फूलपाती भित्र्याइने कार्यक्रम छ । जीवनपुर हुँदै स्वयम्भूको माने फूल पनि समावेश गरिन्छ ।
आजैदेखि दशैंको चहलपहल र उत्साह थप बढेको छ । सरकारी बिदा सुरु भएसँगै मानिसहरू आ–आफ्नो घर फर्कन थालेका छन् । गाउँघरमा पिङ, चङ्गा र सांस्कृतिक कार्यक्रमहरूले दशैंको रौनक थप बढेको छ ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्