गोरखाको बारपाकमा जीप दुर्घटना, २ को मृत्यु ७ घाइते

DaksuMedia दाक्सु मिडिया
|
२०७७ चैत्र २२

गोरखा – गोरखाको बारपाक सुलिकोटमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

दुधपोखरी गाउँपालिकाको बागेश्वरी माविका शिक्षकहरु चढेको जीप गोरखाको बारपाका सुलिकोट गाउँपालिका वडा नं. २ मा ब्रेक फेल भै दुर्घटना हुँदा २ जनाको मृत्यु जनाइएको छ ।

उक्त घटनामा परी ज्यान गुमाउनेमा रामेश्वर न्यौपाने र ठाकुर दवाडी रहेका छन् भने अन्य ७ जना घाइते भएको जनाइएको छ ।

घाइते हुनेमा अनिल मरहट्टा, विष्णु दवाडी, अमृत दवाडी, सुशिल नराल, विष्णु न्यौपाने रहेका छन् । त्यस्तै जीपका चालक सन्तोष तामाङ र सहचालक अमृत दवाडी घाइते भएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *