|
२०८३ असार १२
काठमाडौँ । सांसद उर्मिला अर्यालले बन्द अवस्थामा रहेको वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्।
राष्ट्रिय सभा बैठकमा बोल्दै उनले नेपाललाई चिनीमा आत्मनिर्भर बनाउन कारखाना पुनः सञ्चालन आवश्यक रहेको बताइन्। उनले कारखानालाई आधुनिक बहुउद्देश्यीय उद्योगका रूपमा विकास गर्नुपर्ने सुझाव दिइन्।
अर्यालका अनुसार कारखाना सञ्चालनमा आएमा रोजगारी सिर्जना हुनुका साथै चिनी, बायोइथानोल, विद्युत र जैविक मल उत्पादन गर्न सकिनेछ। उनले उखु किसानलाई उचित मूल्य र समयमै भुक्तानीको व्यवस्था गर्नुपर्नेमा पनि जोड दिइन्।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्