|
२०८३ असार २
काठमाडौँ — नेकपाका सांसद प्रमेश हमालले फिफा विश्वकप–२०२६ सर्वसाधारणले निःशुल्क रूपमा हेर्न पाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभा बैठकमा बोल्दै उनले विश्वकप हेर्न दर्शकबाट अतिरिक्त शुल्क लिइएको भन्दै असन्तुष्टि व्यक्त गरे। सरकारी माध्यमबाट खेलको प्रत्यक्ष प्रसारण उपलब्ध गराउनुपर्ने उनको माग थियो।
सांसद हमालले यससँगै प्रधानमन्त्रीको विवादित अभिव्यक्ति अभिलेखबाट हटाउन, सीमा सुरक्षा सम्बन्धी विषयमा सरकारको धारणा सार्वजनिक गर्न तथा चिया उद्योगको समस्याप्रति पनि सरकारको ध्यान जानुपर्ने बताएका छन्।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्