काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद लिमा अधिकारीले बन्द र जीर्ण उद्योगहरू सञ्चालन गर्न सरकारसँग आग्रह गरेकी छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सरकारले गोरखाली रबर उद्योग, बुटवल धागो कारखानालगायत बन्द र जीर्ण अवस्थामा रहेका उद्योगहरूलाई पुनः जागृत गर्ने घोषणा गरेको विषय स्वागत योग्य रहेको बताइन् । यो घोषणालाई अब कार्यान्वयनमा लैजानुपर्ने उनको भनाइ छ । नेपालको पहिलो उद्योग विराटनगर जुटमिल लगायतका दर्जनौं उद्योग बन्द हुन परेको र बिसौं हजार रोजगारी गुमेको बताइन् । अब बन्द र जिर्ण उद्योग पुनः सञ्चालन गरेर अगाडि जानुपर्ने उनको आग्रह छ ।
पछिलो तीन दशकमा भएको भ्रष्टाचार, कुशासन, दण्डहिनता र स्वार्थ केन्द्रित सत्ता राजनीति, कमजोर सार्वजनिक सेवा र वेरोजगारी जस्ता समस्याका कारण जेनजी आन्दोलन जन्मिएको उनले बताएकी छन् । जेनजीले असल शासन चाहेकाले त्यसअनुसार अगाडि बढ्नु अबको गन्तव्य रहेको बताइन् । अब लगानी गर्ने वातावरण बन्नुपर्ने, रोजगारी सिर्जनाका अवसरहरू खोज्दै अगाडि बढ्नुपर्नेमा उनको जोड छ ।
अधिकारी समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधिसभा सदस्य भएकी हुन् ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्