|
२०८३ जेष्ठ १५
काठमाडौँ — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्रका मूल्य र मान्यतालाई अझ परिपक्व र परिणाममुखी बनाउन सबै पक्षलाई आह्वान गरेकी छन्।
गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले सुशासन, आर्थिक समृद्धि र सामाजिक न्यायलाई राष्ट्रिय लक्ष्य बनाउनुपर्नेमा जोड दिइन्। साथै, मुलुकलाई आत्मनिर्भर अर्थतन्त्रतर्फ अघि बढाउन सबै एकजुट हुनुपर्ने आवश्यकता औँल्याइन्।
भण्डारीले गणतन्त्रलाई नागरिकको जीवनस्तर सुधार्ने माध्यमका रूपमा विकास गर्नुपर्ने उल्लेख गर्दै समावेशी प्रतिनिधित्व र समान अवसर सुनिश्चित हुनुपर्ने बताइन्।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्