|
२०८३ जेष्ठ १८
मुस्ताङ, जेठ १८ — सार्वजनिक बिदा र पर्यटकीय गतिविधि बढेसँगै मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको उल्लेख्य भीड देखिएको छ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार पछिल्ला चार दिनमा करिब ५० हजार भक्तजन तथा पर्यटकले मुक्तिनाथको दर्शन गरेका छन्। सामान्यतया दैनिक तीनदेखि चार हजार आगन्तुक पुग्ने मन्दिरमा यस अवधिमा आगन्तुकको संख्या अस्वाभाविक रूपमा बढेको हो।
मुक्तिनाथ विकास समितिले अधिकांश आगन्तुक भारतीय पर्यटक रहेको जनाएको छ। पर्यटकको चाप बढेपछि बेनीदेखि मुक्तिनाथ क्षेत्रसम्मका होटल तथा आवासस्थलहरू समेत भरिभराउ भएका छन्।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्