भारी हिमपातपछि मुक्तिनाथ सुनसान, भक्तजन कागबेनीमै रोकिए

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ १५

भारी हिमपातका कारण मुक्तिनाथ मन्दिर परिसर सुनसान भएको छ। कागबेनी–मुक्तिनाथ सडक बन्द हुँदा दर्शनार्थीहरू कागबेनीमै रोकिएका छन्।

स्थानीय प्रशासनका अनुसार कालोपत्रे सडकमा बाक्लो हिउँ जमेकाले सवारीसाधन माथि उक्लिन सकेका छैनन्। केही भक्तजन घोडामार्फत मुक्तिनाथ पुग्ने प्रयासमा छन्।

मुक्तिनाथ विकास समितिका अनुसार हिमपातले दर्शनार्थीको संख्या न्यून बनाएको छ। मन्दिर, स्नानकुण्ड र १०८ धारा पूरै हिउँले ढाकिएको छ। चिसो बढेसँगै लेक लाग्ने जोखिमसमेत रहेको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *