महाशिवरात्रि : डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको भीड

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन ३

भक्तपुर, फागुन ३ – महाशिवरात्रि पर्वका अवसरमा डोलेश्वर महादेव मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको भीड देखिएको छ। मन्दिरका चारै ढोका खुला गरिएकाले एक लाख भक्तजनले पूजा र दर्शन गर्न सक्ने व्यवस्था गरिएको समितिले जनाएको छ।

साझा व्यवस्थापनमा स्वयंसेवक, सुरक्षाकर्मी र स्वास्थ्य शिविर परिचालन गरिएको छ। भारत लगायत नेपालका विभिन्न स्थानबाट करिब ४०० साधुसन्त र बाबाहरू मन्दिरमा उपस्थित छन्। भक्तपुरका अन्य प्रसिद्ध महादेव मन्दिरहरूमा पनि बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *