|
२०८२ माघ १४
नेपाली बजारमा बुधबार सुनको मूल्यमा ठूलो वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य एकै दिन ९ हजार ५ सय रुपैयाँले बढेको हो।
मंगलबार प्रतितोला ३ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बढेर ३ लाख १८ हजार ८ सय रुपैयाँ पुगेको छ। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण सुनको मूल्य तीव्र रूपमा उकालो लागेको व्यवसायीहरू बताउँछन्।
यसैगरी चाँदीको मूल्य पनि बढेको छ। मंगलबार प्रतितोला ६ हजार ८ सय ७० रुपैयाँ रहेको चाँदी आज ४ सय ३० रुपैयाँले बढेर ७ हजार ३ सय रुपैयाँ कायम भएको छ।
सुन–चाँदीको मूल्य निरन्तर बढ्दै जाँदा गहना कारोबारमा असर पर्ने संकेत देखिएको छ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्