|
२०८३ बैशाख ११
काठमाडौं । बितेको २४ घण्टामा २ हजार ६९२ जना सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । यसबाट राज्य कोषमा सात लाख ६० हजार रुपैयाँ जम्मा भएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सवारी नियम उल्लंघन गर्नेहरु कारबाहीमा परेका हुन् ।
ट्राफिक संकेत उल्लंघन गर्ने २२४ जना, तीव्र गतिमा गाडी गुडाउने १३२ जना, मादक पदार्थ सेवन गरेका ९१ जना र यान्त्रिक अवस्था ठीक नभएका गाडी चलाउने ६३ जनालाई कारबाही गरिएको हो ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्