सोलुखुम्बुमा सवारी नियम उल्लङ्घन गर्ने ४ सय ५८ जनामाथि कारबाही

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष १४

सोलुखुम्बु । सोलुखुम्बुमा सवारी नियम उल्लङ्घन गर्नेहरु विरुद्ध कारबाही भएको छ । जसबाट ५ लाख ३० हजार राजस्व संकलन भएको छ । आर्थिक बर्ष २०८२ ८३ को श्रावणदेखि मंसिर मसान्तसम्ममा उक्त राजस्व संकलन भएको हो ।

सो अवधिमा विभिन्न २० किसिमका कसुरमा कुल ४ सय ५८ जना नियम उल्लङ्घन गर्ने व्यक्तिहरूलाई कारबाही गरिएको हो । सबैभन्दा धेरै कारबाही सवारीको अन्य भागमा मानिस बोकेको कसुरमा गरिएको छ ।

उक्त कसुरमा मात्रै १०७ जनामाथि कारबाही गर्दा १० हजार ५०० रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुका निमित्त कार्यालय प्रमुख प्रहरी सहायक हवल्दार चन्द्र बहादुर बस्नेतले जानकारी दिए ।

यसैगरी सवारी साधन सडक÷साइडमा नछाडेको कसुरमा ६४ वटा कारबाही भई ६४ हजार रुपैयाँ राजस्व संकलन भएको छ । त्यस्तै सवारी साधन दर्ता (ब्लुबुक) नपुगेको÷नभएकोः ६६ कारबाही, १ लाख ३२ हजार रुपैयाँ, क्षमताभन्दा बढी यात्रु बोकेको २२ कारबाहीबाट , ४४ हजार रुपैयाँ, प्रयोजन विपरीत सवारी चलाएकोः ३२ कारबाही, ६४ हजार रुपैयाँ, सवारी रोक्न निषेधमा सवारी रोकेको ३० कारबाही, २० हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

त्यस्तै लापरबाहीपूर्ण सवारी सञ्चालनबाट ३५ कारबाही, २७ हजार रुपैयाँ,सुरक्षा पेटी हेलमेट नलगाएको ८ कारबाहीबाट, ८ हजार रुपैयाँ,नम्बर प्लेट स्पष्ट नदेखिएकोः ४ कारबाही, २५ सय रुपैयाँ तीव्र गतिमा सवारी चलाउदाँ १ कारबाही, १ हजार रुपैयाँ राजस्व संकलन भएको तथ्याङकमा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *