|
२०८३ बैशाख १९
काठमाडौं, बैशाख १९ — काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरूविरुद्ध कडा निगरानी बढाइएको छ। पछिल्लो २४ घण्टामा १,७२० सवारी चालक कारबाहीमा परेका छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय का अनुसार उक्त कारबाहीबाट ८ लाख ५८ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
कारबाहीमा मादक पदार्थ सेवन गरी सवारी चलाउने, तीव्र गतिमा हाँक्ने, ट्राफिक संकेत उल्लङ्घन गर्ने तथा ‘राइड सेयरिङ’ नियम तोड्ने चालकहरू प्रमुख रूपमा परेका छन्।
यसैगरी, लेन अनुशासन नमानेका, निषेधित स्थानमा हर्न बजाउने र सडक पेटीमा पार्किङ गर्ने चालकहरूलाई पनि जरिवाना गरिएको जनाइएको छ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्