|
२०८३ जेष्ठ ५
काठमाण्डौँ । काठमाडौँको माइतीघर मण्डलामा इजरायल रोजगारी प्रक्रियामा भएको ढिलाइ र अन्योलको विरोध गर्दै पीडित उम्मेदवारहरूले प्रदर्शन गरेका छन्। विगत दुई वर्षदेखि इजरायल रोजगारीको पर्खाइमा रहेका युवाहरूले सरकार र सम्बन्धित निकायको गैरजिम्मेवार कार्यशैलीका कारण आफूहरू अन्यायमा परेको गुनासो गरेका हुन्।
प्रदर्शनकारीहरूले वैदेशिक रोजगार विभागले इजरायल रोजगारी खुल्ने विषयमा पटक–पटक आश्वासन दिए पनि हालसम्म आधिकारिक सूचना सार्वजनिक नगरेको बताएका छन् । उनीहरूका अनुसार वि.सं. २०८१ मा भएको गोलाप्रथामा छनोटमा नपरेका उम्मेदवारहरूलाई नयाँ कोटामा स्वतः समावेश गरिने प्रतिबद्धता विभागका जिम्मेवार अधिकारीहरूले दिँदै आएका थिए ।
यही आश्वासनका आधारमा हजारौँ युवाहरू लामो समयदेखि पर्खाइमा रहेका छन् ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्