सरकारले निजी क्षेत्रलाई आतंकित बनाउने कार्य गरेको सांसद रामकुमारी झाँक्रीले आरोप

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ ४

काठमाडौँ । नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले सरकारले निजी क्षेत्रलाई आतंकित बनाउने कार्य गरेको आरोप लगाएकी छन् ।

सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेलाई बिना कसुर पक्राउ गरेर निजी क्षेत्रलाई आतंकित बनाउने कार्य गरेको आरोप लगाएकी हुन् ।

उनले रिसेड्युल एसेट र लेक्विडेसनसम्बन्धी विषयमा प्रचलित कानुन तथा बैंकिङ प्रणालीको मर्म नबुझी बैंकका सीईओमाथि आक्षेप लगाएर पक्राउ गर्नु कानुनको मर्मविपरित रहेको भन्दै निन्दा गरिन् ।

उनले बचतकर्ताको निक्षेप परिचालन गर्ने बैंक नेतृत्वलाई नेपाल दूरसञ्चार प्राधिकरणको नियन्त्रणमा गइसकेको सम्पत्ति कसको हो ? भन्ने प्रश्नकै आधारमा पक्राउ गर्नु गैरकानुनी भएको बताइन् ।

उनले सुशासन र प्रभावकारी सेवा प्रवाहको नाममा सरकारले निजी क्षेत्रलाई त्रसित बनाउने काम गरिरहेको भन्दै आपत्ति जनाएकी छन् । उनले प्रचलित कानुनको हेक्का राख्न समेत सरकारलाई चेतावनी दिइन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *