सरकारले राजनीतिक नियुक्तिलाई बदनाम गर्न खोजेको दुजाङ शेर्पाको आरोप

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख २४

काठमाडौँ । सरकारले राजनीतिक दलहरूले नियुक्त गरेका सबै व्यक्ति तथा पदाधिकारी खराब हुन् भन्ने भाष्य बनाउन खोजेको नेपाल विद्यार्थी सङ्घका निवर्तमान अध्यक्ष दुजाङ शेर्पाले टिप्पणी गरेका छन् ।

ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री बालेन्द्र शाहले विगतका सरकारले गरेका सबै राजनीतिक नियुक्तिलाई बदनाम गर्न खोजेको आरोप लगाए ।

विगतका सरकारले नियुक्त गरेका पदाधिकारीलाई आर्थिक चलखेल गरेर आएको सन्देश फैलाउन खोजिएको भन्दै शेर्पाले वर्तमान अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि नै प्रश्न उठाए ।

साथै, उनले विद्यार्थी सङ्गठनहरू खारेज गर्ने सरकारको निर्णयप्रति कडा आपत्ति जनाउँदै त्यसको प्रतिवादका लागि तयार रहन विद्यार्थीहरूलाई आग्रहसमेत गरे ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *