केपी ओलीले महिलामाथि राजनीतिक हिंसा गरेको उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको आरोप

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २३

काठमाण्डौँ । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीले महिलामाथि राजनीतिक हिंसा गरेको आरोप लगाएकी छन् ।

पूर्वराष्ट्रपति विद्या भण्डारीप्रति अपमानजनक शब्द प्रयोग गर्दै समग्र महिलाकै अपमान गरेको आरोप लगाएकी हुन् ।

आगामी महाधिवेशनमा अध्यक्षको प्रत्याशी रहेका ईश्वर पोखरेल समूहले मंगलबार काठमाडौँमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै शाक्यले यस्तो आरोप लगाएकी हुन् ।

उनले सामाजिक रूपान्तरणमा योगमायादेखि साहाना प्रधानसम्मको योगदानले अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्र आएको बताइन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *