सोलुखुम्बु – नेकपा (एमाले) को जारी ११औँ महाधिवेशनमा सोलुखुम्बुबाट दुई जना नेताले केन्द्रीय सदस्य पदमा प्रतिस्पर्धा गर्ने भएका छन्। पुस १ गते काठमाडौंको भृकुटीमण्डपमा हुने नेतृत्व चयनसम्बन्धी निर्वाचनमा सोलुखुम्बुका पूर्व रक्षामन्त्री मानबीर राई र पूर्व कोशी प्रदेश मन्त्री बुद्धिकुमार राजभण्डारी कोशी प्रदेश भूगोल खुला तर्फबाट केन्द्रीय सदस्य पदका लागि उम्मेदवार बन्नु भएको हो।
हाल केन्द्रीय सदस्य रहनु भएका मानबीर राई अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट कोशी प्रदेशको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिनु भएको छ। त्यसैगरी, प्रदेश सचिवालय सदस्य बुद्धिकुमार राजभण्डारी भने कुनै पनि प्यानलमा नसमेटिई स्वतन्त्र रूपमा केन्द्रीय सदस्य पदमा प्रतिस्पर्धा गर्न लाग्नु भएको छ।
दुवै नेताको उम्मेदवारी दर्ता भइसकेको जानकारी महाधिवेशन प्रतिनिधि जगनाथ बास्तोलाले दिनु भयो। सोलुखुम्बुबाट दुई प्रभावशाली नेताको केन्द्रीय सदस्य पदमा प्रतिस्पर्धाले जिल्लावासी तथा पार्टी कार्यकर्ताबीच चासो बढाएको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्