|
२०८३ आश्विन १३
धनगढी । तालिम लिएर तीन वर्षअघि सुरु गरेको फूलखेतीले धनगढीकी सुशीला विष्टलाई व्यावसायिक पहिचानसँगै आम्दानीको आधार दिएको छ।
धनगढी–६ मटयारीकी विष्टले दुई बिघा जमिन लिजमा लिएर फूलखेती गर्दै आएकी छन्। पाँच लाख रुपैयाँबाट सुरु गरेको व्यवसायमा अहिले करिब ५० लाख रुपैयाँ लगानी पुगेको छ भने वार्षिक ५० लाख रुपैयाँसम्म कारोबार हुने गरेको उनले बताइन्।
उनको फार्ममा ११ स्थानीयले रोजगारी पाएका छन्। खर्च कटाएर वार्षिक करिब २० लाख रुपैयाँ बचत हुने गरेको विष्टको भनाइ छ। सयपत्री, गोदावरी, गुलाफ, रजनीगन्धालगायत फूल उत्पादन गरी उनले सुदूरपश्चिमका नौवटै जिल्लासहित मागअनुसार काठमाडौँसम्म बिक्री गर्दै आएकी छन्।
फूलसँगै बेर्ना, माला, बुके र सजावटका सामग्रीसमेत बिक्री गर्दै आएकी विष्टले यही व्यवसायबाट परिवारको खर्च धान्दै आएको बताइन्।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्