म्याग्दी । कालीगण्डकी नदीले धार परिवर्तन गरेर बस्तीमै पसेपछि रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरका स्थानीय विस्थापित हुन थालेका छन्। लगातारको वर्षापछि नदीले घर, खेतबारी, सडक र खेलमैदान कटान गरेको छ।
बाढीका कारण तिल्केनीचौरका केही घरपरिवारले घर छाडेका छन्। घुमाउने ताल–बाँसखर्क जोड्ने झोलुङ्गे पुल र खानेपानीको पाइपलाइनसमेत बगाएको छ। बेनी–जोमसोम सडकको केही भाग नदीले कटान गरेपछि यातायात प्रभावित भएको छ।
कालीगण्डकीको कटान राहुघाट जलविद्युत् आयोजनासम्म पुगेको छ। ४० मेगावाट क्षमताको आयोजनाले भर्खरै सुरु गरेको परीक्षण उत्पादन बाढीपछि रोकिएको छ। आयोजनाका उपकरण तथा करिब २० वटा सवारीसाधनसमेत बाढीले बगाएको जनाइएको छ।
राममन्दिर र राहुघाट क्षेत्रमा पहिरोको जोखिमसमेत बढेको छ। स्थानीयले सुरक्षित स्थानान्तरणसँगै नदी नियन्त्रण र पहिरो रोकथामका लागि तत्काल पहल गर्न माग गरेका छन्।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्