|
२०८३ आश्विन १३
लमजुङ । थोराङ्ला भञ्ज्याङ पार गरेर मुस्ताङ पुग्ने योजनासहित अन्नपूर्ण पदमार्गमा निस्किएका विदेशी पर्यटक खराब मौसमका कारण गन्तव्य परिवर्तन गर्न बाध्य भएका छन्।
निरन्तरको वर्षा र पदमार्गमा बढेको जोखिमपछि मनाङ पुगेका पर्यटक लमजुङतर्फ फर्किन थालेका हुन्। असोज ६ देखि १२ गतेसम्म मात्रै २४६ विदेशी पर्यटक मनाङबाट फर्किएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना धारापानीले जनाएको छ।
केही दिनअघिसम्म धारापानीबाट दैनिक १०० देखि १५० पर्यटक मनाङ जाने गरे पनि अहिले आवागमन निकै घटेको छ। अहिले दैनिक एक–दुई जना मात्रै मनाङतर्फ जाने गरेका छन्।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्