
सोलुखुम्बुको प्रदेश ‘ख’ बाट कोशी प्रदेशसभा सदस्यमा निर्बाचित नेकपा एमालेका नेता बुद्धिकुमार राजभण्डारी दोश्रो पटक मन्त्री नियुक्त भएका छन् ।
सर्बोच्च अदालतको परमादेशपछि दोश्रो कार्यकालका लागि मुख्यन्त्री नियुक्त भएका हिक्मतकुमार कार्कीले दोश्रो पटक मन्त्रिपरिषद विस्तार गरेसंगै राजभण्डारीले दोश्रो पटक प्रदेशमन्त्री बन्ने शौभाग्य पाएका हुन्।राजभण्डारीले यसपटक खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्रीको जिम्मेवारी पाएका छन्।
कार्कीकै पहिलो कार्यकालमा उनी कोशी प्रदेशको सामाजिक बिकास मन्त्री थिए।०७४ सालमा पनि राजभण्डारी सोलुखुम्बुको सोही प्रदेश निर्बाचन क्षेत्रबाट प्रदेश १ सभा सदस्य निर्बाचित भएका थिए।त्यतिबेला उनी एमाले कोशी प्रदेश संसदीय दलको प्रमुख सचेतक थिए।
मुख्यमन्त्री कार्कीले सोमबार राजभण्डारीसहित दुई मन्त्री र दुई राज्यमन्त्री थप गरेका हुन्।
आजै मन्त्री नियुक्त लीलाबल्लभ अधिकारीले आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका छन् ।त्यस्तै रामप्रसाद मेहता उद्योग, भूमिव्यवस्था तथा कृषि राज्यमन्त्री र निरन राई आर्थिक मामिला तथा योजना मन्त्री बनेका छन् ।
सोमबारको विस्तारपछि कोशीको मन्त्रिपरिषद ९ सदस्यीय भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया