
काठमाडौ : नेपाल राष्ट्रिय शिक्षक संगठन सोलुखुम्बुको अध्यक्षमा टंक दहाल निर्वाचित हुनुभएको छ । शुक्रबार सम्पन्न १२ औँ अधिवेशनले दहालको अध्यक्षतामा २५ सदस्य जिल्ला कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षमा रेवन्त बराल र सरस्वती कार्की, सचिब नवराज राई, कोषाध्यक्ष सुमन निरौला, सहसचिवमा मनिता राई र सहकोषाध्यमा अम्बिका बस्नेत चयन भएको संगठनका सदस्य छवि बास्तोलाले जानकारी दिनुभयो ।
अधिवेशनले राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा मोतीराम बस्नेत र गणेश कुमार कार्कीलाई छनौट गरेको छ । अधिवेशनको उद्धघाटन सत्रमा नेकपा एमालेका केन्द्रीय सदस्य मानबीर राई, नेकपा एमाले १ नम्बर प्रदेश संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी,नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष डुफकुमार बास्तोला,उपाध्यक्ष हर्कबहादुर राई, सचिब आशकुमार राई शिशिर लगायतको उपस्थीती रहेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया