सोलुखुम्बु । नेकपा एमाले सोलुखुम्बुले पार्टीको १० औं महाधिवेशनमा साझा उम्मेदवारका रूपमा जिल्ला कमिटीका पूर्ब अध्यक्ष मानबीर राईलाई केन्द्रीय सदस्यमा उठाउने निर्णय गरेको छ।
अध्यक्ष डुफकुमार बास्तोलाको पहलमा जिल्ला कमिटीका राजधानीमा उपलब्ध पार्टी पदाधिकारी र महाधिबेशन प्रतिनिधिको अनौपचारिक बैठकले पूर्ब अध्यक्ष राईलाई केन्द्रीय समिति सदस्यका रूपमा साझा उम्मेदवार बनाउने निर्णय गरेको हो।सोलुखुम्बुबाट पार्टीको १० औं महाधिवेशनका लागि १० जना महाधिवेशन प्रतिनिधि रहनुभएको छ।
महाधिवेशन प्रतिनिधिसमेत रहनुभएका नेकपा एमाले १ नं प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले हिंजो आफू केन्द्रीय समितिमा लड्ने घोषणा गर्नुभएको थियो।तर सबैजना केन्द्रीय समितिमा लड्दा मत बिभाजन भइ जिल्लाले फेरि पनि केन्द्रीय सदस्य पाउन नसक्ने अवस्थालाई दृष्टिगत गर्दै राईलाई उम्मेदवार बनाउने सर्बसम्मत निर्णय गरेको राजभण्डारीले जानकारी दिनुभयो।अब म सहित सबै महाधिवेशन प्रतिनिधिहरु मानबीर जीलाई जिताउन लाग्ने छौं,वहाले भन्नुभयो ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्