काभ्रे जेनजी आन्दोलनः तोडफोड अभियोगमा पक्राउ १२ जना धरौटीमा रिहा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर १७

जेनजी आन्दोलनको क्रममा प्रहरी कार्यालय र संरचनामा तोडफोड, आगजनी र लुटपाट गरेको आरोपमा काभ्रेपलाञ्चोकमा पक्राउ परेका १२ जनालाई जिल्ला अदालतले विभिन्न दरको धरौटीमा रिहा गरेको छ।

न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलाशले ९० हजारदेखि २० हजारसम्म धरौटी तोकेर सबैलाई छाड्ने आदेश दिएको श्रेष्टेदार इन्दिरा कार्कीले बताइन्।

सरकारी तथा निजी गरी १८ संरचनामा करिब पाँच करोडभन्दा बढी क्षति भएको प्रारम्भिक मूल्यांकन छ। थप पाँच जनाको भने म्याद थप गरी अनुसन्धान जारी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *