प्रहरी कार्यालय तोडफोड आरोपमा श्रीमान–श्रीमती पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २२

झापा — जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड र आगजनी गरेको आरोपमा झापाको बिर्तामोडबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काका अनुसार इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–५ स्थित त्रिवेणी चोकबाट अर्जुनधारा नगरपालिका–६ निवासी २२ वर्षीय पदम राई र उनकी श्रीमती २४ वर्षीया पूजा मगरलाई शुक्रबार पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनीहरूलाई भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा गरिएको तोडफोड तथा आगजनी घटनामा संलग्न रहेको आरोपमा पक्राउ गरिएको हो। थप अनुसन्धानका लागि उनीहरूलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *