जेन्जी आन्दोलनका क्रममा सरकारी सम्पत्तीमा आगजनी र तोडफोड संलग्न, ८ जना पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर १६

मोरङ जिल्ला प्रहरीले रंगेलीमा भदौ २४ गते भएको जेन्जी आन्दोलनका क्रममा सरकारी कार्यालयमा आगजनी, तोडफोड र लुटपाटमा संलग्न आठ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रङ्गेली नगरपालिका ३ का भुपाल भण्डारी, रङ्गेली ७ का आनन्द साह, रङ्गेली ४ का रमेश कुमार मण्डल, रङ्गेली-३ का रुपक गौतम, रुपेश यादव, समिर क्षेत्री, दोर्जे प्रतिक तामाङ र गणपत यादव रहेका छन्।

जिल्ला अदालत विराटनगरले ‘आपराधिक उपद्रो’ मुद्दामा पक्राउ पुर्जी जारी गरेपछि प्रहरीले तीव्र खोजतलास गरेको थियो। विशेष प्रहरी टोलीले मंसिर १५ गते उनीहरूलाई घरमा लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिएको र हाल जिल्ला प्रहरी कार्यालय मोरङ तथा इलाका प्रहरी कार्यालय रंगेलीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *