|
२०८२ मंसिर २
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा जेन्जी आन्दोलनका क्रममा सरकारी तथा निजी संरचनामा आगजनी, तोडफोड र लुटपाटमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धुलिखेल, खानीखोला, बनेपा र जिरीका १९ देखि २७ वर्ष उमेरका युवा रहेका छन्।
प्रहरीका अनुसार उनीहरूमध्ये दुई जनामाथि यसअघि पनि लागुऔषध तथा सवारी ज्यानसम्बन्धी मुद्दा दर्ता भएका थिए।
यसअघिसमेत सोही आन्दोलनमा संलग्न १२ जना पक्राउ भइसकेका छन्। हालसम्म काभ्रेपलाञ्चोकमा १८ वटा संरचनामा क्षति पुगेको प्रहरीको विवरण छ।
चालु आर्थिक वर्षका चार महिनामा प्रहरीले फरार सूचीकृत ५३ जनालाई पनि पक्राउ गरी करिब १२ वर्ष ८ महिना कैद र २ करोड ६७ लाख रुपैयाँभन्दा बढी जरिवाना असुल गरेको जनाएको छ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्