काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्राउलाई लिएर नेकपा एमालेका महासचिव शंकर पोखरेलले आपत्ति जनाएका छन्।
पोखरेलले सामाजिक सञ्जालमार्फत जबरालाई महाराजगञ्जस्थित निवासबाट राति नियन्त्रणमा लिइएको घटनाप्रति प्रश्न उठाएका हुन्। उनले पक्राउ गर्दा कानुनी प्रक्रिया पालना गरिए–नगरिएको विषयमा समेत चासो व्यक्त गरेका छन्।
उनले यस्तो घटनाले संविधान, लोकतान्त्रिक व्यवस्था र विधिको शासनसम्बन्धी प्रश्न खडा गर्ने उल्लेख गरेका छन्। गलत गतिविधिविरुद्ध खबरदारी गर्नुपर्ने धारणा पनि पोखरेलले सार्वजनिक गरेका छन्।
यसैबीच, जबरालाई आइतबार बिहान उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिएको पुष्टि भएको छ। उनको पक्राउको कारणबारे प्रहरीबाट विभिन्न विवरण सार्वजनिक भए पनि विस्तृत आरोपबारे स्पष्ट जानकारी तत्काल उपलब्ध छैन।


दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्