आन्दोलनका क्रममा लुटिएका हतियारसहित दुई जना पोखराबाट पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर १

काठमाडौं । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयहरूमा गरिएको तोडफोड, आगजनी तथा हातहतियार लुटपाटमा संलग्न व्यक्तिमध्ये थप दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये पोखरा महानगरपालिका–५ जिरो किलोमिटरका ३१ वर्षीय श्यामबहादुर तमाङ र पोखरा–२ का २२ वर्षीय सागर राउत रहेका छन्। दुवै जनालाई प्रहरीले खोजतलास तथा अनुसन्धानका क्रममा नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए।

पक्राउ परेकाहरूको साथबाट एक राउन्ड गोली, बोल्ट र ट्रिगरको भाग जोडिएको एक थान, काठको बटको भाग एक थान तथा दुई थान मोबाइल फोन बरामद गरिएको प्रहरीको भनाइ छ।

दुवै जनालाई हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको नायव उपरीक्षक बस्नेतले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *