|
२०८३ आश्विन ११
काठमाडौं । भोटेकोशी बाढीपछि ठूलो संख्यामा मानिस अझै सम्पर्कविहीन रहेका छन्। प्रहरीका अनुसार आइतबार बिहानसम्म ४ हजार ७१८ जना बेपत्ता छन् भने १ हजार ४ सय ५३ जनाको शव फेला परेको छ।
फेला परेका शवमध्ये १ हजार ३३४ वटा व्यवस्थापन गरिएको छ। शवको पहिचानका लागि मृतक र आफन्तबाट गरी ३ हजार ३९१ वटा डीएनए नमुना संकलन गरिएको प्रहरीले जनाएको छ।
पहिचान हुन नसकेका १ हजार ४२१ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा राखिएको छ। बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार, राहत र शव व्यवस्थापनका लागि ७ हजार ९७५ प्रहरी परिचालन गरिएको छ।
यस्तै, उद्धार गरिएका तथा प्रभावितमध्ये १ हजार २७९ जनालाई विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा राखिएको प्रहरीले जनाएको छ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्