मनाङ । मर्स्याङ्दी नदीमा आएको बाढीपछि मनाङको नासों गाउँपालिका–१ स्थित तालगाउँ बाहिरी क्षेत्रसँग सम्पर्कविहीन बनेको छ। बाढी र पहिरोले गाउँबाट बाहिरिने दुवै सडक अवरुद्ध भएपछि स्थानीयवासी गाउँमै रोकिएका हुन्।
नदीको बहावमा अवरोध आएपछि पानी गाउँतर्फ पसेर ताल क्षेत्र डुबानमा परेको स्थानीयले बताएका छन्। बाढीले विद्युत् र इन्टरनेट सेवा पनि बन्द भएको छ भने टेलिफोन सम्पर्क प्रभावित हुँदा आसपासको अवस्थाबारे जानकारी लिनसमेत कठिन भएको छ।
बाहिर निस्कने बाटो बन्द भएपछि स्थानीयवासी सामूहिक रूपमा स्वास्थ्य चौकीको भवनमा बसेका छन्। केही समयअघि मात्रै पुनर्निर्माण सम्पन्न भएको तालगाउँ फेरि बाढीको जोखिममा परेको हो।
२०७८ सालमा समेत बाढीबाट क्षति बेहोरेको तालगाउँमा अहिले मर्स्याङ्दीको बहाव बढ्दै गएपछि जोखिम थप बढेको छ। नदी आसपास तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्