|
२०८३ आश्विन ११
काठमाडौं । देशका विभिन्न स्थानमा परेको अविरल वर्षा र त्यसपछि आएको बाढी तथा पहिरोले नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ।
प्राकृतिक विपत्तिका कारण फाइबर संरचनामा क्षति पुगेको र कतिपय क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुँदा दूरसञ्चार सेवा नियमित सञ्चालन गर्न कठिनाइ भएको टेलिकमले जनाएको छ।
पहिरोका कारण प्राविधिक टोलीलाई घटनास्थलसम्म पुग्नसमेत समस्या भइरहेको छ। अहिले प्रणालीबाट सम्भव हुने मर्मतको काम भइरहेको र मौसम सामान्य भएपछि टोलीलाई प्रभावित क्षेत्रमा पठाउने तयारी गरिएको कम्पनीले जनाएको छ।
टेलिकमले सेवा प्रभावित भएका ग्राहकसँग असुविधाप्रति क्षमा माग्दै सेवा छिटो नियमित गर्ने प्रयास भइरहेको जनाएको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्