|
२०८२ आश्विन ९
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज साँझ ६ बजे राष्ट्रका नाममा पहिलोपटक सम्बोधन गर्ने भएकी छन्। गत भदौ २३–२४ को जेन–जी आन्दोलनपछिको अवस्था, तोडफोड, आगजनी, दमन र पुनर्निर्माणका विषयमा सम्बोधन केन्द्रित हुनेछ।
सरकारले आन्दोलनमा ज्यान गुमाउने ७४ जनाका परिवारलाई १५ लाखका दरले राहत र घाइतेको निःशुल्क उपचारको व्यवस्था गरिसकेको छ।
प्रधानमन्त्रीले फागुन २१ मा तोकिएको प्रतिनिधिसभा निर्वाचन सफल बनाउन राजनीतिक सहमतिको आह्वानसमेत गर्नेछिन्।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्