मतदाता नामावली सङ्कलन गर्न सरकारी निर्णयको प्रतीक्षामा निर्वाचन आयोग

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन ६

काठमाण्डौँ । आगामी फागुन २१ गतेलाई तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन गर्ने बाटो खुलाइदिन आग्रह गर्दै सरकारलाई पत्राचार गरेको छ ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदाता नामावली सङ्कलनका लागि आवश्यक व्यवस्था मिलाउन गृह मन्त्रालयलाई पत्राचार गरिसकेको बताए । उनले निर्वाचन आयोग सरकारी निर्णयको प्रतीक्षामा रहेको पनि जानकारी दिएका छन् ।

विद्यामान कानुन अनुसार निर्वाचनको मिति घोषणा भएसँगै मतदाता नामावली सङ्कलनको काम रोकिने व्यवस्था छ । त्यस्तो अवस्थामा अहिले आयोगले मतदाता नामावली सङ्कलन गर्न नसक्ने भएकाले सरकारले अध्यादेशमार्फत कानुनी बाधा फुकाइदिनुपर्ने हुन्छ ।

मतदाता नामावली ऐन, २०७३ को दफा ४ को उपदफा २ बमोजिम चुनावको मिति घोषणा भइसकेपछि सोही निर्वाचनको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न नपाइने व्यवस्था उल्लेख छ । यसअघि आयोगले २०७९ को निर्वाचनअघि मतदाता नामावली सङ्कलन गरेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *