|
२०८२ आश्विन ११
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई सार्वजनिक बिदाको दिन (असोज ३) राहदानी जारी गरिएको विषयमा परराष्ट्र मन्त्रालयले छानबिन सुरु गरेको छ।
घटनाको गम्भीरता बढ्दै जाँदा गृहमन्त्री ओमप्रकाश अर्यालले पनि छानबिनको निर्देशन दिएका छन्। देउवा दम्पती भदौ २४ मा ‘जेन जी’ आन्दोलनका क्रममा घाइते भई उपचारमा थिए। राहदानी विभागका अधिकारीहरू उनीहरू उपचाररत अज्ञात स्थानमा पुगेर राहदानी बनाइदिएको खुलासा भएको छ।
थाइल्यान्ड जान तयारीमा रहेका देउवा दम्पतीको कार्यक्रम हालका लागि रोकिएको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्