देउवा परिवारको सम्पत्तिमाथि अनुसन्धान सुरु, संकलित प्रमाण फरेन्सिक परीक्षणमा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन १०

९ असोज, काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवा र उर्जामन्त्री दीपक खड्काको सम्पत्तिमाथि सरकारद्वारा अनुसन्धान सुरु भएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले संकलित प्रमाणहरू नेपाल प्रहरीको डिजिटल फरेन्सिक ल्याबमा परीक्षणका लागि पठाएको छ।


देउवा र खड्काको घरमा आगजनीपछि संकलित पैसाका टुक्रा, खरानी र भिडियोहरू परीक्षणमा छन्।


आरजु राणा देउवामाथि भूमिगत गिरोह चलाएको, पदको दुरुपयोग तथा गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोप लागेको छ। उर्जामन्त्री खड्कामाथि पनि स्वार्थ जोडिएको निर्णय लिएको आरोप छ।
यदि बैध स्रोत पुष्टि गर्न नसके, भ्रष्टाचार मुद्दा चल्न सक्ने संकेत विभागले दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *