देउवा दम्पती अस्पतालबाट डिस्चार्ज हुँदै अस्थायी बसोबास ललितपुरमा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन ८

जेनजी आन्दोलनका क्रममा आक्रमणमा परेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा आज अस्पतालबाट डिस्चार्ज हुँदैछन्।

स्वास्थ्यमा सुधार भएपछि उनीहरू अस्थायी रूपमा ललितपुरको सानेपा वा जावलाखेलमा बस्नेछन्। बूढानीलकण्ठस्थित घर पुनर्निर्माणका लागि समय लाग्ने भएकाले अस्थायी बसोबासको व्यवस्था गरिएको हो।

देउवाको गर्धनमा आठ टाँका लगाइएको थियो भने डा. राणाको पनि गर्धनमा चोट लागेको थियो। अहिले दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *