रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान

DaksuMedia दाक्सु मिडिया
|
२०८१ कार्तिक ९

काठमाडौँ : रास्वपा सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान थालिएको छ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेर कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेमाथि प्रहरीले सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान थालेको हो । असोज २ गते पक्राउ परेका लामिछानेलाई बिहीबार कास्की जिल्ला अदालतले ७ दिन म्याद थप गरेर प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएको छ भने सहकारी ठगीमै रुपन्देही जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भइसकेको छ ।

सहकारी ठगीमा अनुसन्धान भइरहेकै बेला उनीमाथि  सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी वसन्त शर्माले जानकारी दिए ।यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *