सभापति देउवा गृहजिल्ला डडेल्धुरा जाँदै

DaksuMedia दाक्सु मिडिया
|
२०८१ कार्तिक २३

डडेल्धुरा : नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुरा जाने भएका छन्।

काँग्रेस सुदूरपश्चिमका अनुसार २५ गते बिहान कैलालीको धनगढी पुग्ने देउवा सोही दिन डडेल्धुरा जाने कार्यक्रम छ। देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार डडेल्धुरामा विभिन्न देवीदेउताको जात्रामा सभापति देउवा सहभागी हुने कार्यक्रम छ।

चौलोले प्रख्यात बडाल जात, उग्रतारा मेलालगायतमा देउवा सहभागी हुनेछन्। यस्तै जोगबुढामा हुने आम भेलालाई पनि देउवाले सम्बोधन गर्ने कार्यक्रम छ। देउवा मंसिर २ गतेसम्म डडेल्धुरा बस्ने कार्यक्रम रहेको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *