|
२०८१ असार ३०
काठमाडौँ : अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट डिस्चार्ज भएका छन्। शनिवार चुनावी सभाको सम्बोधनका लागि पेन्सिलभेनियाको बटलरमा कानमा गोली लागेर घाइते भएका उनी अस्पतालबाट डिस्चार्ज भएका हुन्।
उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको बताइएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार ट्रम्पलाई सुरक्षित घर लगिएको छ। घटनामा गोली प्रहार गर्ने र एकजना सर्वसाधारणको मृत्यु भएको अमेरिकी सुरक्षा एजेन्सीले बताएको छ।
घटनाको अमेरिकी राष्ट्रपति जो बाइडनले निन्दा गर्दै अमेरिकामा यस प्रकारका हिंसात्मक घटनाका लागि कुनै स्थान नरहेको बताएका छन्।
ट्रम्पको दाहिने कानको माथिल्लो भागमा गोलीको छर्रा लागेको थियो। घटना लगतै सुरक्षाकर्मीले उनलाई उद्धार गरेर अस्पताल पुर्याएका थिए।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्