यस कारण सुमनाले पाटि छाडिन्

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले पार्टी छाडेको घोषणा गरेकी छन्। शनिबार सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा पार्टी नेतृत्वमाथि गम्भीर असन्तुष्टि व्यक्त गर्दै उनले आफूले रास्वपा परित्याग गरेको जनाएकी हुन्।

श्रेष्ठले पार्टीभित्र आलोचनालाई दबाउने, गल्ती स्वीकार नगर्ने, र नेताहरूको अन्धअनुकरण गर्ने प्रवृत्तिको कडा आलोचना गर्दै लेखेकी छन्,
“कहिल्यै गल्ती नस्वीकार्ने। गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोक्नुपर्ने। पार्टीभित्र आलोचना गर्नेहरूमाथि मिडिया ट्रायल हुने।”

उनले थप लेखेकी छन्,
“अब खुल्ला रूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु। मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नु होला। I QUIT. मैले पार्टी छोडेँ।”

श्रेष्ठले पुराना ठूला दलहरू — कांग्रेस र एमाले — का तेस्रो पुस्ताका नेताहरूलाई पनि प्रश्न गर्दै भनेकी छन्,
“अहिले सही समय आएको छ। आफ्ना नेताहरूलाई पूजा गर्न बन्द गर्नुहोस् — कि हटाउनुहोस्, कि हट्नुहोस्।”

श्रेष्ठ रास्वपाका प्रष्टवक्ता नेतृका रूपमा चिनिन्थिन् र सामाजिक तथा राजनीतिक विषयमा स्पष्ट अभिव्यक्ति दिँदै आएकी थिइन्। उनको यो निर्णयले पार्टीभित्रको आन्तरिक असन्तुष्टिको झल्को दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *