नेतृ रेखा थापाद्धारा राप्रपामा विशेष महाधिवेशन माग

DaksuMedia दाक्सु मिडिया
|
२०८२ श्रावण २८

काठमाण्डौँ, २८ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ एवं अभिनेत्री रेखा थापाले विशेष महाधिवेशनको माग गरेकी छन् ।

पार्टीभित्र विवाद बढ्दै गएपछि थापाले सामाजिक सञ्जाल मार्फत विशेष महाधिवेशनको माग गरेकी हुन् ।

‘राप्रपाभित्रको किचलोले विशेष महाधिवेशनको माग भएन र ? ’ नेत्री थापाले लेखेकी छन् । थापा गत महाधिवेशनमा महामन्त्री पदमा पराजित भएकी थिइन् ।

राप्रपाभित्र हाल दुई पक्षको आन्तरिक विवाद बढ्दै गएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी नेताहरूलाई पदमुक्त गरेपछि महामन्त्री डा। धवलशमसेर राणा पक्ष क्रुद्ध बनेको छ । तर, अध्यक्ष लिङ्देन पक्षले पदमुक्त गरिएको निर्णय फिर्ता नहुने अडान लिएको छ ।

पछिल्लो विवाद राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौंको अधिवेशनमा देखिएको छ । अध्यक्ष लिङ्देन सहभागी अधिवेशनमा दुई पक्षको विवाद हुँदा हात हालाहाल भएको थियो ।

लिङ्देनले अधिवेशन स्थगित गर्ने निर्देशन दिएका थिए । अर्को पक्षले एकतर्फी नयाँ समिति गठन गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *