रविको क्लबबाट निस्कासित भएको हुँ, रास्वपाभित्र घण्टी बज्न भने रोकिन्न : मुकुल

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार २५

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को महामन्त्री र प्रवक्ता पदबाट बर्खास्त भएपछि डा. मुकुल ढकालले सभापति रवि लामिछानेको क्लबबाट निस्कासित भएको टिप्पणी गरेका छन्।  मंगलबार बसेको केन्द्रीय समिति बैठकले ढकाललाई पार्टीको जिम्मेवारीबाट बर्खास्त गरेको थियो ।

लगत्तै फेसबुकमा एक स्टाटस लेख्दै ढकालले भनेका छन्,‘रवि लामिछाने क्लवबाट निस्कासित भएको हुँ। राष्ट्रिय स्वतन्त्र पार्टी भित्र घण्टी बज्न रोकिँदैन, रविको पार्टीबाट राष्ट्रीय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन। बाँकी कुरा भोलि ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *