
काठमाडौं : सोमबार छापावाल सुनको मूल्य ६ सय रूपैयाँले घटेको छ ।
आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार १ सय रुपैयाँ कायम भएकोमा आज ६ सय रूपैयाँले घटेर १ लाख ६० हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार चाँदीको मूल्य प्रतितोला १९ सय ८५ रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर १९ सय ८० रूपैयाँ कायम भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया